गृह मन्त्रालयद्वारा परिचयपत्रविना कसैलाई पनि कोठा भाडामा नदिन आग्रह
नेपालखोज
२०७८ कार्तिक ८ गते १९:५६

काठमाडौं । विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर र अपार्टमेन्टर कोठा भाडामा नदिन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर र अपार्टमेन्टर कोठा भाडामा नदिन आग्रह गरेको हो ।
गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ । साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि भनिएको छ ।
सम्बन्धित

प्रतिक्रिया