सुनचाँदीकै मूल्य घट्याे
नेपालखोज
२०७८ कार्तिक १२ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।
आज तेजावी सुन ४ सय रूपैयाँले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया