शुक्रबार, जेठ ३, २०८२

एसियाली सेन्ट्रल जोनमा नेपाल सहभागी हुने

नेपालखोज २०७८ कार्तिक १३ गते ११:२६

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपाल भलिबल संघले सहभागिता जनाउने भएको छ ।

आउदो डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

संघले २०२१ मा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा एसियाली केन्द्रीय क्षेत्र र बंगलादेश भलिबल महासंघलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

२०१९ देखि २०२० सम्म कोरोनाका कारण एशियाली सि जेड क्यालेन्डर पनि प्रभावित भएको थियो । संघले पुरुष तथा महिला राष्ट्रिय टोलीको प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया