सोमबार, वैशाख १५, २०८२

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति

नेपालखोज २०७८ कार्तिक १६ गते १७:२६

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नत्ती गर्दै यही कार्तिक १५ गते उक्त सेवाको शुमारम्भ गरेको छ ।

बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाई थप प्रविधिमैत्री एवं समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको बैंकले जानकारी दिएको छ ।

यसबाट ग्राहहरुलाई डिजिटल कारोबार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्ततथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ । यो सेवाको सुरुवातसँगै अब ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नेछन । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।

यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएकाहरुले समेत बैंकिङ कारोबार गर्न सक्नेछन । यो सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ । यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ ।

घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया