शुक्रबार, वैशाख २१, २०८१

लघुकथा : चिया

स्नेह सायमि २०७८ कार्तिक २० गते ११:१३

सासू : चिया पकाऊ बुहारी
बुहारी : चिया पकाउनै आउँदैन
सासू : चिया पनि पकाउन आउँदैन ?
बुहारी : अहिलेसम्म पकाउनै परेन
सासू : चिया एक पनि पकाउन आउँदैन । हामी नभए कसरी चिया पिउँछौ ?
बुहारी : हजुरको छोरालाई पकाउन आउँछ ।
सासू : म नभएको दिन कसरी खान्छौ त ?
बुहारी : (प्रकटमा) म सिकिहाल्छु नि ! दुई वर्ष हजुरले पकाएर खुवाइस्योस् न ।
(मनमनै) यस्तो अनप्रोडक्टिभ काम पनि गर्छु र म कि नोकर पाल्छु कि फुडमान्डूबाट मगाउँछु ! के सोचेकी छे यो बूढीले ? मर्न नसकेकी !

प्रतिक्रिया