दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । वर्षमा एक पटक भाइटिकाको दिन मात्र खोल्ने यस मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु यस मन्दिरमा बिहानैदेखि मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन् ।
आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ । त्यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।
२०७२ को भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।
प्रतिक्रिया