आज अफगानस्तान र न्यूजिल्यान्डबीचको खेल हुने
नेपालखोज
२०७८ कार्तिक २१ गते ९:५७

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपअन्तर्गत अफगानस्तान र न्यूजिल्यान्डबीचको खेल आज हुँदैछ । सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा हुने खेल अपराह्न्न ३ः४५ मा सुरु हुनेछ ।
यस समूहबाट लगातार चार जित हात पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलमा न्यूजिल्यान्डले जिते न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्ने छ ।
अफगानिस्तानले जिते न्यूजिल्यान्ड, अफगानिस्तान र भारतका लागि सेमिफाइनलको स्थान खुल्ला हुने छ । पाकिस्तान ८ अंक सहित शीर्ष स्थानमा रहेको छ भने न्यूजिल्यान्डले चारमध्ये तीन खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । न्यूजिल्यान्ड दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया