आइतबार, जेठ १२, २०८२

नाइजेरियामा भवन भत्किँदा ४२ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक २१ गते १३:१४


लागोस । नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको भवन भत्किँदा ४२ जनाको ज्यान गएको छ ।

नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेको बताइएको छ ।

त्यहाँको उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो ।

सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया