प्रधान्यायाधीश राणाले आज १० इजलास तोके

नेपालखोज २०७८ मंसिर ३ गते १२:२५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज (शुक्रबार) आफूबाहेक १० वटा इजलास तोकेका छन् । ९ वटा संयुक्त इजलास र एउटा एकल इजलास तोकेकामा आफ्ना लागि भने राणाले कुनै पनि इजलास नतोकेका हुन् ।

यता प्रधान्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले नियमित इजलासमा फर्किने निर्णय गरेका छन् । उनीहरु आजदेखि नियमित इजलासमा फर्किएको जनाइएको छ ।

प्रधान्यायाधीश राणाको राजीनामा मागेका न्यायाधीशहरू गोलाप्रथाबाट सर्वोच्चमा मुद्दाको पेसी तोकिने भएपछि इजलास फर्किएका हुन् ।

प्रतिक्रिया