स्याङ्जाका चारवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

स्याङ्जा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् । गएराति अबेर सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा ‘क’ को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ‘ख’ मा प्रकाश तिवारी, २ को ‘क’ मा अर्जुनप्रसाद खनाल र ‘ख’ मा महेश भट्टराई निर्वाचित भएका छन् ।
स्याङ्जा २ ‘क’ मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका छन् । उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका छन् । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।
त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन् । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका छन् । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका छन् ।
प्रतिक्रिया