क्रिकेट रंगशालाको काम रोकिएपछि…

काठमाडौं । कलाकार दम्पती सीताराम कट्टेल तथा कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) ले चितवनमा सुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अर्थ-अभावका कारण लामो समयदेखि अवरुद्ध छ । धुर्मुस-सुन्तलीका नामले प्रसिद्ध यो जोडीले रंगशाला निर्माण धनकै अभावले रोकिएको र आफूहरुलाई ठूलो ऋण लागेको बताउँदै सरकारलगायत सँग थप सहयोगको अपिलसमेत गरेका छन् ।
यो रंगशाला परियोजना प्रारम्भिक चरणदेखि नै बहस र विवादमा रहँदै आएको छ । हालै रंगशालाका विषयमा सीताराम कट्टेल धुर्मुसले एक बयान सार्वजनिक गरेपछि यो बहस पुन: एकपटक सतहमा आएको छ । सीतारामको अपिलपछि सामाजिक सन्जालमा युवा पत्रकार नारायण अमृतले एउटा टिप्पणी लेखे । हेरौं उनको स्टाटस जस्ताको तस्तै- धुर्मुस-सुन्तलीहरूको ‘समाजसेवा’ एक्स्पोज भइसक्यो। समाजबाट उठाइएको पैसाको हिसाबकिताब समाजलाई देखाउन नपरेपछि आफैंमा गजब। अझ सरकारले पैसा दियोस्, काम आफूले गर्न पाइयोस् रे । कृपया समाजसेवा नामका धन्दाकारीबाट बचौं ।
-नारायण अमृत
यो टिप्पणीमा धेरैले आ-आफ्नै किसिमका प्रतिक्रिया जनाए । सबिन मिश्रले लेखे- ठीक कुरा । लोकप्रियताको आवरणमा अपारदर्शी व्यवहार कदापि उचित होइन । अर्की टिप्पणीकार अन्जु भण्डारीले लेखिन्- धेरै महत्त्वाकांक्षी भएपछि यस्तै हुन्छ । भरत पोखरेलको प्रतिक्रिया छ- खुच्चिङ भन्नु त त्यति सभ्य होइन तर यिनको समाजसेवाको तौरतरिका त्यति मन परेको होइन ! विपन्नलाई घर बनाइदिएर राम्रो काम गरेका थिए तर रंगशालामा हौसिए !
सीताराम-कुञ्जनाको यो कामले प्रशस्त चर्चा नबटुलेको होइन । त्यसैले त यसमा धेरैको चासो पनि देखियो । यद्यपि अहिले त्यस्तो चासो परियोजना सफल बनाउनेभन्दा आलोचनात्मक टिप्पणीमा केन्द्रित हुन थालेको छ ।
रामकुमार डीसी भन्छन्- सही हो, उनीहरुले पूर्णत: सरकारलाई हस्तान्तरण नगरेसम्म सरकारले यसको जिम्मेवारी लिनु हुन्न ।
अन्जली सुवेदीको मत अलि भिन्न छ । सुवेदी लेख्छिन्- नियत त खै के हो यसै नराम्रो भन्दिनँ म चैं, तर उल्लु चैं शतप्रतिशत हुन् !
यही मेसोमा खेमनाथ पौडेल फरक विचार राख्दै भन्छन्- तर यति मात्र पनि होइन है, काम नगरेका भने होइनन्, हौसाउने तपाईं हामी, त्यत्रो यज्ञ लगाए पैंसा कबोले तर आज खै ? सरकारले देला भनेर बनाउन खोजेका होइनन्, जनसमुदायबाट बनाउन खोजेका हुन्, यो सम्पन्न नहुनुमा मैले कति सहयोग गरे भनेर एकपटक विचार गरौं… बोल्न जति सजिलो छ, थोरै हिस्सा आफूले बेहोर्नु ।
मिलन बिछोडले पत्रकार अमृतकै स्टाटसमा टिप्पणी गरेका छन्- धेरै हौसिए । अब चुपचाप राज्यलाई जिम्मा लगाएर आफ्नो मूल कर्ममा फर्किए हुने । नवराज सुवेदीले मिलन बिछोडको टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै लेखेका छन्- त्यो सजिलो पेसा रैछ, मागेर स्यालरी खाने नाम दाम र काम दुवै हुने ।
उता दीपकबाबु अर्याल अलि आक्रोशयुक्त शैलीमा लेख्छन्- सबैले लुटेका छन् । उसले नि लुट्यो त्यही हो कुरो । गणेश खड्काको भनाइ छ- यो विषयमा पहिलेदेखि नै हामी बोल्दा छुच्चो भइयो । उग्र महत्त्वाकांक्षा र नेता हुने रहरले यिनीहरु सकिए । खाडीको ५० डिग्री तापक्रममा रगत-पसिना बेचेर गरिबले कमाएको २-४ पैसामा तिनका बालबच्चाको मुख मोसेर गरिने तथाकथित समाज सेवा पुण्य होइन, पाप हो । अब आफ्नै जोकरी पेसातर्फ फर्किए उत्तम । सबैले फापेको देउता पुज्नुपर्छ क्या !
सन्तोष कुमार रौनियारलाई भने यो विषयका नकारात्मक टिप्पणीहरु त्यति चित्त बुझेनन्, त्यसैले त उनले लेखे- अलि धेरै कडा भएन र ??? पारदर्शी कसरी बनाउने भन्नेपट्टि पो लाग्नु पर्ला । यता यमनारायण चापागाईंचाहिँ व्यांग्य कस्छन्- अझै समाजसेवा गर्दा ऋण लाग्यो सरकारले तिर्दिनुपर्यो रे । व्यांग्यात्मक शैलीमै अर्का पत्रकार युवराज आचार्य भन्छन्- अब आउटर रिङ रोड बनाउन पैसो उठाउन मलेसिया पठाउनुपर्छ । युवराजको भनाइमा खगेन्द्र खड्काको प्रतिटिप्पणी छ- ग्रिन एन्ड क्लिन एभरेस्ट स्लोगन बनाएर सगरमाथाको सरसफाइ तथा टुप्पामा क्रिसमस-ट्रीको जंगल लगाउने भनेर डलर उठाए पनि हुने यी मनकारीहरुले ।
सुमन आचार्यको भनाइ छ- समाजसेवाको नाममा पैसा कमाउने सजिलो मेलो गर्या थे, सफल भएनन् जस्तो छ बरा । बरु खर्च गरेको पैसाको हिसाबकिताब माग्नुपर्ने देखियो ।
तर विष्णु धिताल त्यसमा सहमत देखिएनन् । उनले लेखे- खासमा हामी अरुले असल कर्म गरेको पचाउन सक्दैनौं, हाजमोलाको आवश्यकता परिरहन्छ !
गौतम दाहालले चाहिँ सामाजिक सन्जालमा धुर्मुस-सुन्तलीको ठूलो समर्थनप्रति इंगित गर्दै नारायण अमृलाई नै सचेत गराए- सामाजिक सन्जालबाटै हातपात गर्लान् है । यो विषयमा बालगोपाल उपाध्याय नेपालीको भनाइ छ- गर्न नसक्नेले किन थाल्नु ?
सुवास शंकर भने यसमा धुर्मुस-सुन्तलीको पक्षमा छन् । उनी भन्छन्- अरुलाई दोष लगाउन र कुरा काट्न भन्दा के जानेका छन् र नेपालीहरुले ? कुनै माइकालाल निस्कियोस् त त्यति गरेर देखाउन ? यता नवराज सुवेदी लेख्छन्- गरिब र निमुखाको गाँस कटाएर मागेको पैसा कम्पनी बनाएर पुग्नेगरी स्यालरी खाने, आफन्तजति सबैलाई जागिर दिने, बरा यिनको हालत हुन्छ । पहिले नै भनिएको थियो ।
दिव्य उपदेश पनि यो विषयमा भइरहेका नकारात्मक टिप्पणीप्रति सहमत छैनन् । उनको तर्क छ- भन्छन् जसले केही गर्न सक्दैन उसले अरुको आलोचना गर्छ । पत्रकार नामका धन्दाकारीबाट पनि बचौं । सन्जय लुइँटेल पनि यसमा सहमत छन् । उनी नारायण अमृतलाई भन्छन्- नेगेटिभ अलि धैरै नै भो ब्रदर ।
यता पत्रकार राजकुमार बानियाँको दुई शब्दको टिप्पणी छ- धन्दा-जिन्दावाद ! अर्का पत्रकार केशव घिमिरे लेख्छन्- मैले उतिबेला नै यिनको भर छैन, दिगो स्रोत व्यवस्थापनविना मागेरै यति ठूलो काम गर्नु भनेको या त ढाँट्नु हो या चमत्कार हुनु हो भनेको थिएँ, पुष्टि हुन थालेछ कि क्या हो ?
प्रतिक्रिया