मंगलबार, वैशाख ४, २०८१

फलको आश नगरी कर्म गर्न सकिन्छ ?

काम गर्दा ध्यान सबै फलतिर गयो भने काम राम्रो हुँदैन, फल पनि राम्रो आउँदैन । त्यसैले फलको आश गर्नु तर कर्म गर्दा फलतिर ध्यान नदिनू ।

नेपालखोज २०७८ मंसिर १२ गते ७:१४

हाइलाइट्स :
–फलको आशै छैन भने कसैले काम गर्दैन, मलाई केही लिनु नै छैन भने म किन काम गर्छु त ? फलको इच्छाविना कुनै पनि व्यक्तिले काम नै गर्दैन । त्यसैले जरुरी छ ।
–कुनै पनि कर्म गर्दा कर्म राम्रो होस् त्यता ध्यान दिने, फल कस्तो आउँछ त्यता ध्यान दिने होइन कर्म राम्रो भयो भने फल स्वतः राम्रो हुन्छ ।
–काम गर्दा ध्यान सबै फलतिर गयो भने काम राम्रो हुँदैन र फल पनि राम्रो आउँदैन त्यसैले फलको आश गर्नु तर कर्म गर्दा फलतिर ध्यान नदिनु ।
–कर्ममा तिम्रो अधिकार छ तिमी कर्म गर तर फलमा तिम्रो अधिकार छैन किन भने जस्तो पनि हुन सक्छ, राम्रो आउन पनि सक्छ नराम्रो आउन पनि सक्छ त्यसकारण जहाँ आफ्नो अधिकार छैन त्यसको चिन्ता किन ? जहाँ अधिकार छ जहाँ गर्न सकिन्छ त्यहाँ गरौं स्वतः राम्रो हुन्छ ।

प्रतिक्रिया