बिहीबार, वैशाख १३, २०८१

‘हामीलाई लीला अर्थात् क्रीडाको मार्ग आवश्यक हुन्छ’

नेपालखोज २०७८ मंसिर १४ गते ८:१७

-कठिनाइसमेत विशाल अवसर बन्न सक्छ, जसबाट तपाईं आफूमा गहिरो स्तरको शक्ति र खुसियाली निर्माण गर्न सक्नुहुन्छ । मानसिक कठिनाइ तपाईंले बनाउनुभएको हो-तपाईंले त्यो रोक्नुपर्छ ।
-म यो बुझ्दिनँ कि मानिसहरू आफ्नो मनलाई किन नियन्त्रण गर्न चाहन्छन् । म उनीहरूको मनलाई मुक्त गर्न चाहन्छु ।
-तपाईंको नाक वा चिउँडोको आकारले वा तपाईंको छालाको रङले तपाईंलाई सुन्दर बनाउने होइन । हँसिलो अनुहार सदैव सुन्दर अनुहार हुन्छ ।
-हामी जुन चेतनालाई कृष्ण भन्छौँ, यदि हामी यो चाहन्छौँ कि त्यस चेतनाले हामीलाई स्पर्श गरोस्, हामीलाई लीला अर्थात् क्रीडाको मार्ग आवश्यक हुन्छ ।
-जब तपाईं आफ्नो मानसिक संरचनामा फस्नुहुन्छ, जीवनलाई यसको पूरै गरिमामा अनुभव गर्न कुनै स्थान बाँकी रहँदैन ।
-तपाईं आज जे हुनुहुन्छ, त्यसको तुलनामा भोलि तपाईं अलिकति बढी राम्रो हुनुपर्छ । यो प्रयास जतिबेला पनि जारी रहनुपर्छ ।
-आध्यात्मिकता, तपाईं रहने बाहिरी परिवेशसँग सम्बन्धित हुँदैन । यो तपाईंले आफूभित्र सिर्जना गर्ने भित्री परिवेशसँग सम्बन्धित हुन्छ ।
-तपाईंले चाल्नुपर्ने सबैभन्दा पहिलो र प्रमुख पाइला यो हो : स्पष्ट रूपमा यो मनन् गर्नु कि तपाईंको जीवन तपाईंको कर्म हो, यो तपाईंले बनाउनुभएको हो । यसमा ध्यान नदिने हो भने, तपाईंको जीवन यथार्थमा तपाईंको हुँदैन ।
-प्रतिस्पर्धाको तुलनामा सहकार्य निकै बढी शक्तिशाली हुन्छ । तपाईं आनन्दित र शान्त रहेको बेलामा तपाईंको शरीर र दिमागले उत्तम तरिकाले काम गर्छन्, तपाईं दबाबमा भएको बेलामा होइन ।
-के तपाईं निष्कर्षहरू बनाउनमा लगानी गर्दै हुनुहुन्छ, वा तपाईं आफ्नो चेतनामा लगानी गर्दै हुनुहुन्छ ?

प्रतिक्रिया