विदेशी मुद्राको सञ्चिती घटेसँगै दबाबमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै दुई साता अघि चालुु आर्थिक वर्षको पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्यो । उक्त प्रतिवेदन अनुसार अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक रहेको देखियो ।
त्यसमाथि पनि विदेशी मुद्रा सञ्चिती निरन्तर घट्दै गएको देखिएको छ । उक्त प्रतिवेदन अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब दुई करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव सात प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम रहेको देखियो ।
यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा छ दशमलव पाँच प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको देखियो ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ अर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा आठ प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड रहेको देखियो ।
यो तथ्यांक हेर्दा विदेशी मुद्रा सञ्चितीको हकमा राष्ट्र बैंक निकै नै दबाबमा परेको देखिन्छ । यो अवस्थामा सुधार ल्याउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा मात्र कार्यान्वयनमा आउने गरी आज मंगलबारबाट परिवत्र्य विदेशी मुद्रामा मुद्दती निक्षेप संकलन र परिचालन गर्न सक्ने व्यवस्था गरेको छ ।
यसको लागि विदेशी मुद्रा निक्षेपको अवधि कम्तीमा एक वर्षको हुुनुपर्ने छ भने यसप्रकारको खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापनिज येन र चिनियाँ युयानमा मात्र खोल्ने सकिने छ । यस्तो खातामा मुद्दती निक्षेपमा पाकेको व्याज सम्बन्धीत वाणिज्य बैंकहरुको नियम अनुसार प्रदान गर्नुपर्ने छ ।
तर एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि व्यतीत भएपनि निक्षेपकर्ताहरुले प्रि-म्याचुअर गर्न चाहेमा प्रि-म्याचुअर गरी फिर्ता गर्न सकिने राष्ट्र बैकले जनाएको छ । यस्तो मुद्दती निक्षेपमा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्ने छ ।
उक्त रकम फिर्ता गर्नुुपरेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्ने छ । संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर आवासीय नेपालीहरुबाट न्युनतम पाँच हजार डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा निक्षेप संकलन गर्न सकिने छ । यसरी खाता खोल्दा तथा सञ्चालन गर्दा प्रचलित कानुन बमोजिम ग्राहक पहिचान हुने व्यवस्था मिलाउनु पर्ने छ ।
यसरी खाता खोल्दा तथा ग्राहक पहिचान गर्दा विद्युतीय माध्यमबाट समेत गर्न सकिने छ । वाणिज्य बैंकहरुले परिर्वत्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न सक्नेछन् ।
यसको लागि निक्षेप खाता गैर आवासीय नेपाल तथा गर आवासीय नेपालीबाट प्रवर्धित विदेशस्थित संस्थाको मात्र खोल्न र सञ्चालन गर्न सकिने, गैर आवासीय नेपालीको नाममा संयुक्तरुपमा समेत यस प्रकारको खाता खोल्न सकिने, गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धी त निकायबाट जारी भएको गैरआवासीय नेपालीको अधावधिक परिचयपत्रको प्रतिलिपि लिनुुपर्ने, गैरआवासीय नेपालीबाट प्रर्वधित विदेशस्थित संस्थाको खाताा खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्वन्धीत निकायबाट जारी भएको गैर आवासीय नेपालीको अधावधिक परिचयपत्रको प्रतिलिपिसमेत लिनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसप्रकारको खाता परिवत्र्य विदेशी मुद्रामा खोल्न सकिने छ । राष्ट्र बैंकका अनुसार यसप्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम गर्नुपर्ने छ ।
यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा निक्षेप प्राप्त भएको देश फरक नर्पने गरी निक्षेपकर्ताको नाममा बिदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्ने छ । तर यस्तो खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा ट्रान्सफर गर्न भने यो व्यवस्थाले बाधा नर्पाने परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया