शनिबार, जेठ ४, २०८२

सर्वोच्चमा बन्दीसहित सबै खाले मुद्दाका पेसी ताेकियाे

नेपालखोज २०७८ मंसिर १७ गते १२:५६

काठमाडाैं । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन । सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ ।

ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ । सर्वोच्चमा यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को संक्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन् ।

प्रतिक्रिया