शुक्रबार, वैशाख २१, २०८१

प्रेम र ज्ञान

सुनील सापकोटा २०७८ मंसिर १८ गते ८:०८

एकादेशमा दुई प्रेमी थिए । दुबै प्रेममा खुशी थिए । रमाएका थिए।
एक दिन उनीहरुको गाउँमा एउटा साधु आयो। उसलाई सुन्न त्यो गाउँका सबै गए।
साधुले भन्यो – ” जीवन मिथ्या हो। शरीर रोगको घर हो। खुशी भन्ने कुरा क्षणिक हो।
प्रेम धोका हो। मोक्ष नै मनुष्य जीवनको उद्देश्य हो । सत्य यही हो “
साधुको कुरा सुनेर प्रेमिका सोचमा पुगी। उसको खुशी र चंचलता हरायो।

एकदिन प्रेमिकाले प्रेमीलाई भनी – “म जीवनको सत्य जान्न चहन्छु । तिमीलाई थाहा छ ?”
प्रेमिले भन्यो – ” मलाई त प्रेम बाहेक केही थाहा छैन ।”
त्यसोभए तिमिलाई थाहा छैन भने मलाई त्यो जोगीको कुटीमा जानु छ ।
मलाइ लैजाउ भनेर प्रेमीसँग जिद्दी गर्न थाली।
प्रेमीले भन्यो – “यदि तिमी यसैमा खुशी हुन्छेउ भने हिंड लैजान्छु “
प्रेमीले प्रेमिकालाई त्यो जोगीको आश्रमा छोडेर आयो।

त्यसपछि प्रेमी आफ्नो प्रेमिकाको आउने बाटो सँधैं हेरिरहन थाल्यो।
केहि दिनपछी प्रेमिका प्रेमीलाई भेटन आइ ।
प्रेमीलाई भन्न थाली – “मलाई जीव, जगत, कर्म, आत्मा, परमात्मा सबैको ज्ञान भयो”
प्रेमीले छक्क परेर उसको कुरा सुन्यो। केही बोलेन । उ लगातार बोलिरही।
प्रेमीले सुनी मात्र रह्यो । केही बोलेन।
येस्तै प्रकारले जब प्रेमिका कहिलेकाही गाउँ आउँथी,
प्रेमीलाई केही न केही प्रवचन गर्थी।
उ सुनी मात्र रहन्थ्यो । केही बोल्दैन थियो।
येस्तै प्रकारले दिन बितिरहेको थियो।

प्रेमिका धेरै दिनपछि एकदिन प्रेमीलाई भेट्न आइ।
प्रेमीले प्रेमिकाको अनुहार हेर्यो।
उसलाई लाग्यो कि उ दु:खी छे । तर, केही बोलेन।
प्रेमीकाले पनि उसलाई नियालेर हेरी ।
उसलाई लाग्यो कि उसका कति शान्त, निश्चल र निर्दोष आँखा !
कति गम्भीर ! कति अदृश्य ब्यक्तित्व !
उसले पहिले बिचार नगरेको पो रहेछे।
उसले प्रेमीलाई भनी -“तिमी अदृश्य जस्तो लाग्छौ “
तिमी यहाँ छौ कि छैनौ जस्तो मलाइ लाग्छ, किन ? “
उसले भन्यो – ” मलाइ केही थाहा छैन … “
तिमि बोलिरहदा म “डिस्टर्ब “गर्न चहान्न त्यति मात्र हो “
त्यसैले म बिस्तारै बिस्तारै हलुका हुन्छु । त्यसैले होला ! प्रेमिले भन्यो “
प्रेमिकाले भनी – “मेरो गुरुजी पनि त्यही भन्नू हुन्छ !
जो मुक्त छ, त्यो हलुका हुन्छ । त्यो बिस्तृत हुन्छ । आकाश जस्तो। “
प्रेमिका लगातार बोलीरहि । उ सुनी रह्यो ।
प्रेमिले सोध्यो – “तिम्रो गुरुजी पनि म जस्तै हलुका हुनुहुन्छ ? “
“हुनुहुन्न ! धेरै भारी हुनुहुन्छ । हामी सबैलाई कठोर अनुशासनमा राख्न चाहनु हुन्छ ।
जब उहाँले ध्यान गराउनुहुन्छ तब सबै शिस्यलाई उहाँको उपस्थिती भारी लाग्छ ।
गुरु कहिले जानुहुन्छ र “फ्री” हुन पाए आनन्द हुन्छ जस्तो लाग्छ । “प्रेमिकाले भनी ।
प्रेमिले भन्यो – ” तिमी त्यहाँ ध्यान बाहेक दिनभरी अरु के गर्छेउ ? “
“पूजा गर्छु, प्रार्थना गर्छु, दिनभरि गुरुको प्रवचन सुन्छु “उसले दिक्क मानेर भनी ।
अनि फेरी प्रेमीलाई प्रतिप्रश्न गर्दै भनी – “छोड यो कुरा”
“तिमी चाहिँ दिनभरी के गर्छौ नी ? “
प्रेमिले भन्यो – “म त सारा दिन तिमीलाई नै सम्झिन्छु, तिमिलाई नै प्रेम गर्छु,
तिमि आउँने प्रतीक्षा गरिरहन्छु । मलाइ त रात दिन केही पनि पत्तो हुँदैन । बस् … “
उनले भनिन् – थाहा छ ! गुरुजी यही कुरा भन्नुहुन्छ –
“जब कालको बोध मेटिन्छ, तब द्वैत पनि मेटिन्छ”

फेरी उ बोल्दा बोल्दै झल्यास्स भएर बसेको ठाउँ बाट उठेर भन्न थाली –
“साँझ पर्न लाग्यो ! गुरुजी रिसाउनु हुन्छ, साँझको प्रार्थना गर्न अबेर हुन्छ” यति भन्नासाथ उ “म गएँ है भनेर त्यहाँ बाट छिटोछिटो हिंँडी हाली”

प्रेमिका चाहिँ त्यही बसेर केही नबोली उ गएको हेरिरह्यो ….।

प्रतिक्रिया