आइतबार, जेठ ६, २०८१

रनजित गजमेर : सम्झनामा पहिलो भेट

दिनेश अधिकारी २०७८ मंसिर १८ गते ८:३३

नेपाली संगीतको क्षेत्रमा संगीतकार रनजित गजमेरको विशिष्ट पहिचान र अलग स्थान छ । त्यो आफ्नो ठाउँमा छँदै छ । पचासको दशकको नेपाली चलचित्रको बजारमा उहाँको संगीतको ठूलो ‘माग’ थियो ।

अमर रसाइलीद्वारा निर्देशित कथानक चलचित्र ‘अपराध’ मा रनजित गजमेरको संगीतमा मेरा पाँचवटा गीत बाहिर आइसक्दासम्म हामीबीच औपचारिक चिनाजान वा भेटघाट भने थिएन ।

यस्तैमा आफ्नो निर्देशनमा बनाउने चलचित्र ‘प्रतिज्ञा’ को तयारीको सिलसिलामा युवराज लामाजीले मुम्बईमा बस्नुहुने संगीतकार रनजित गजमेरलाई काठमाडौं निम्त्याउनु भएपछि सो चलचित्रको गीतकारको हैसियतमा पहिलोपटक मैले उहाँलाई २०५१ साल कात्तिकमा दरबारमार्ग नजिक रहेको युवराज लामाजीको कार्यालयमा भेटेको हुँ । यो तस्बिर हाम्रो त्यही पहिलो भेटको निशानी हो ।

हालसम्म चलचित्रहरु अपराध, प्रतिज्ञा र जीवन संघर्षमा रहेका १६ वटा र चलचित्र बाहिरको एउटा समेतगरी संगीतकार रनजित गजमेरको संगीतमा मेरा जम्मा १७ वटा गीत सार्वजनिक भएका छन् ।

प्रतिक्रिया