अफगानिस्तानमा महिलाले चाहे दोस्रो विवाह गर्न पाउने !

काठमाडौं । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् ।उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र विवाहका क्रममा पनि महिलामाथि कुनै दवाव दिन नपाइने बताइएको छ ।
त्यसैगरी महिलाको अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ । त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ ।
अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् । अहिले तालिवानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो ।
प्रतिक्रिया