मंगलबार, वैशाख १६, २०८२

लुम्बिनी विकास बैंकको एकैसाथ थप ५ शाखा कार्यालयको उद्घाटन

नेपालखोज २०७८ मंसिर २० गते १:००

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले आईतबारदेखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाकोरुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँबानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५औँ शाखाकोरुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाकोरुपमा दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ बिपि.चोक स्थित घोराही शाखा दाङ्ग र ७७औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोक स्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकको नयाँबानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका हुुन भने बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्तरुपमा गरेका हुुन् ।

मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्तरुपमा गरेका हुन् । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्तरुपमा गरको हुुन् ।

बैकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब तीन लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया