मंगलबार, वैशाख ४, २०८१

ओपोद्वारा ओपो ईन्नो डे २०२१ को आयोजना गर्ने घोषणा

नेपालखोज २०७८ मंसिर २० गते ३:००

काठमाडौं । चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१ ५का दिन ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ । रणनीतिक अद्यावधिक सेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष बार्षिक प्राविधिक समारोहका रुपमा ओपो ईन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाईन ईन्नो वल्र्ड मार्फत विश्वभरबाट सहभागीताको अपेक्षा गरिएको छ ।

यो भर्चुअल लञ्च ईभेन्ट हालका बर्षहरुमै सर्वाधिक अन्तरक्रियात्मक समारोह हुने आशा गरिएको छ । सन् २०१९मा पहिलो पटक ओपो ईन्नो डेको शुरुवात संगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ । ओपो ईन्नो डेको उदेघाटनमार्फत ओपोले एआर ग्लासेज्, फाइभजी सीपीई र स्मार्टवाट्च लगायत आफ्ना अभूतपुर्व प्राविधिका एकिकृत ईकोसिष्टमक प्रदर्शित गरेको थियो ।

पछिल्लो बर्ष ओपोले क्रान्तिकारी रोलेबल फोनलगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो । सन् २०२१का लागि ओपोले आफ्ना लञ्च ईभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाईज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल ईभेन्टको अन्तरक्रियात्मक विश्वमा परिमार्जित गरेको छ । ओपो ईन्नो वल्र्ड, ओपो ईन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो ।

ओपो ईन्नो वल्र्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्लि सहभागिता जनाउन सक्नेछन् । तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्ररुपमा अवलोकन गर्न सक्ने ब्यवस्था कम्पनीले मिलाएको जानकारी दिइएको छ । अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिककरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका ईस्टर एगको खोजी पनि गर्न सक्नेछन् ।

ओपो ईन्नो वल्र्ड डिसेम्बर १४ देखि पूर्णतः पहुँच योग्य हुने ओपोले जानकारी दिएको छ । ईच्छुक आगन्तुकले अहिले नै ओपो ईन्नो वल्र्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १४ र १५का दिन ओपोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन् ।

प्रतिक्रिया