इङिलस प्रिमियर लिगमा म्यानचेस्टरको जित
नेपालखोज
२०७८ मंसिर २० गते १०:३०

काठमाडौं । इङिलस प्रिमियर लिग अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धामा युनाइटेड क्लबले क्रिस्टल प्यालेसलाई ० का विरुद्ध १ गोलले पराजित गरेको हो ।
युनाइटेडका फ्रेडले दोस्रो हाफको ७७ औँ मिनेटमा गरेको एक गोल नै जितका लागि निर्णायक भएको छ । अंक तालिकाको सूचीमा युनाइटेडले २४ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ ।
१५ अंक बनाएको क्रिस्टल प्यालेस अंक तालिकाको १३ औँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया