शनिबार, वैशाख १५, २०८१

धनगढीमा सुदूरपश्चिम राजधानी कप सुरु

नेपालखोज २०७९ असोज ९ गते ७:१२

धनगढी । धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हिजाेदेखि सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा उक्त फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश रावलले उद्घाटन गरेका थिए । धनगढीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।

ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको थियाे । रात परेपछि स्थगन गरिएको खेल भोलि खेलाइने भएको छ । बाँकी रहेको १७ मिनेटको खेल भोलि खेलाइने आयोजकले जनाएको छ । खेल रोकिनुअघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज नै हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाखरूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद तीन लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रूपैयाँ नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार रूपैयाँ धनगढीमा सुदूरपश्चिम राजधानी कप सुरु प्राप्त गर्नेछ । प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया