शुक्रबार, वैशाख ७, २०८१

उमेरले छेकेन !

नेपालखोज २०७८ मंसिर २१ गते ७:२२


काठमाडौं । बलिउडमा जसरी दोस्रो-तेस्रो विवाह समान्य मानिन्छ त्यसैगरी विवाह विवाहलाई उमेरले छेकेको पनि पाइँदैन । बलिउडका कतिपय कलाकारले उमेर घर्किएपछि विवाह गरेका छन् । हेरौं उमेर कटाएर विवाह गर्ने केही कलाकार :

उर्मिला मातोडकर : बलिउडकी ‘छम्मा-छम्मा’ गर्ल जब आफ्नो करियरको पिकमा थीइन् तब उनी धेरै युवा मुटुको धड्कन थिइन् । जसमध्ये बिजनेसम्यान तथा मोडल मोहसिन अख्तर मिर उर्मिलाको मन जित्न सफल भए । उर्मिला र मिरले ३ मार्च २०१६ मा कास्मीरको रमणीय वातावरणमा लगनगाँठो कसे । त्यतिबेला उर्मिलाको उमेर ४२ वर्ष थियो ।

कबिर बेदी : कबिर बेदीले ७० वर्षको उमेरमा परविन दुसाँजसँग विवाह गरे । परविनको उमेर कबिरको तुलनामा लगभग आधा थियो भने उनी कबिरकी जेठी श्रीमती तर्फकी छोरी भन्दा कान्छि समेत थिइन् । यो विवाह एकताका बलिउडमा खुब चर्चामा थियो ।

प्रीति जिन्टा : बलीउडकी डिम्पल गर्ल प्रीति जिन्टाको रुपको प्रशंसा नगर्नेहरु कमै थिए । उनलाई मनपराउने युवाहरुको पनि ताँती नै थियो । पहिलो प्रेम असफल भएपछि प्रीति विदेश भास्सिइन् । आईपीएलमा पन्जाब टिमकी मालिक्नी प्रितीले ४१ वर्षको उमेरमा जिन गुडइनफसँग विवाह गरेर विदेशमै घरजम बसाइन् ।

सैफ अली खान : सैफ अली खानले अमृता सिंहसँग पारपाचुके लिएपछि फेरि ब्याचलर जीवन जिए । यद्यपि उनको एकल जीवन लामो गएन, पारपाचुकेको केही वर्षपछि उनले २०१२ मा करिना कपुरसँग विवाह गरे । त्यतिबेला सैफ अली खान ४२ वर्षका थिए भने उनकी दुलही करिना अमृताकी छोरीभन्दा केही जेठी मात्र थिइन् ।

जोन अब्राहम : बिपासा बसुसँगको लामो सम्बन्धपछि जोनले ३ जनवरी २०१४ मा आधिकारिक विवाह गरे । उनको विवाह बैंकर प्रिया रूचालसँग एउटा सादा र गोप्य कार्यक्रमबीच सम्पन्न भएको थियो । बिपासालाई छोड्ने र प्रियासँग विवाह गर्ने जोनको निर्णयले धेरैलाई आश्चर्यमासमेत पारेको थियो । विवाह गर्दा बलिउडका हेन्डसम हङ्क जोन ४१ वर्षका भइसकेका थिए ।

निना गुप्ता : निना गुप्ताले छोरी मसाबा गुप्तालाई एक्लै हुर्काइन् । त्यतिबेला निना अविवाहित आमा भएकी थिइन् । धेरैलाई उनकी छोरीको बाबुको नाम थाहा भए पनि त्यो नामले औपचारिकता पाएन । आखिर ५४ वर्षको उमेरमा नीनाले विवेक मेहरासँग विवाह गरिन् ।

प्रतिक्रिया