रक्षामन्त्री रिजालको पत्रकार सम्मेलन सिंहदरबारमा
नेपालखोज
२०७८ पुष १ गते १५:००

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पत्रकार सम्मेलनमार्फत पदबाट राजीनामा दिने भएका छन् । आज उनले पदबाट राजीनामा दिने घोषणा यसअघि नै सामाजिक सन्जालमार्फत गरिसकेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेद्वार रिजालले मतपरिणामअनुसार हार्ने निश्चित् भएपछि रक्षामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
उनले महामन्त्रीको अन्तिम नतिजा आइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने जनाएका छन् । रिजालले रक्षा मन्त्रालयमा आज ४ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको फेसबुकमार्फत जनाएका हुन् ।
उनले लेखेका छन्, ‘आज अपराह्न ४ बजे सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रम राखेको छु, पत्रकार साथीहरूलाई आमन्त्रण गर्छु ।’

सम्बन्धित

प्रतिक्रिया