बिहीबार, जेठ ३, २०८१

यो समाज कता जाँदै छ ?

टायम कुमार २०७८ पुष ४ गते १६:०८

कथित आधुनिकता हाम्रो समाजमा जसरी हाबी हुँदैछ यही रुपमा बढ्ने हो भने अबको केही कालपछि कुनै बेला सबैभन्दा अब्बल मानव सभ्यता रहेको हाम्रो भुमीबाट सभ्यता मात्रको के कुरा मानविय समबेदनाको अन्त्य निश्चित छ । फोनहरु स्मार्ट हुँदा मानिसहरु भाव विहिन, हुँदै गएका छन् । सम्बन्धहरू विलासिता र भौतिकताबादी आडम्बरको टेको लगाएर मात्र अडेका छन् । पहिले सम्बन्धहरू प्रति निस्वार्थ समर्पण थियो अहिले लेनदेन र सम्झौतामा मात्र टिकेका छन् । हाम्रा पिता पुर्खाले मान्दै आएका मौलिक परम्परा अनि संस्कृती संस्कारहरू एकादेशको कथा जस्तो हुँदैछ ।

नेपालमा मिसनका रूपमा छिरेका फिरिङीहरूले प्रष्ट बुझेका थिएकी नेपाललाई बसमा पार्न त्यहाँको सस्कृतीलाई मास्नुको विकल्प छैन । सोही बमोजिम हाम्रो दरिद्रताको फाइदा उठाउदै उनीहरू अगाडी बढीरहे पहिलो मिसन हस्पिटलका रुपमा छिरेका उनीहरूले उपचार गराउन धर्म फेर्नु पर्ने बाध्यतादेखि पछिल्लो महाभुकम्पको पिडादायी क्षणमा पनि हाम्रो शोषण गरिरहे । हाम्रा घर भित्र मात्र हैन ओछ्यानसम्म पनि एजेन्टहरूले पहुँच बनाइसके । स्मार्ट फोन तिनैले बनाए सो फोनमा भुल्याउने अनेकन फेसबुक, ह्वाट्सप, इमो, इन्स्टा, भाइबर, टिकटक जस्ता सामग्री पनि उनैले भरिदिए ।

हाम्रो देशका लाखौं लाख युवाहरू खाडीमा जोतिदै छन् । तिनको मगज पनि एकोहोरो बनाउन सफल भए जसको फलस्वरुप खाडीको पहिलो कमाई साहुको ऋण थाती राखेर श्रीमतीका लागि स्मार्ट फोनमा खन्याउन थाले र भित्रन थाले महँगा महँगा स्मार्ट फोनहरु । तिनै फोनहरु पठाउनेका लागि भन्दा अर्कैको लागि प्रयोग हुन थाले । त्यहीबाट सुरू भयो परिवारमा आगलागी अनि बर्बादीका दिनहरू । सँगै मर्ने सँगै बाच्ने कसम खाएकाहरू छल गर्न थाले तलाई मार्ने म मात्र बाच्ने भन्न थाले । हिजो पतिसँगै सति जाने नारीहरू आज नारी अस्मितासँग बिलासिता साट्न थाले । मोबाइलको विकाससँगै नेपालीको विनास सुरू भयो । भर्खरै जन्मिएको बालकदेखि चार बीस कटेका प्राय सबैका हातमा मोबाइल पुग्यो । नेपालीहरूको मगजको तौल नापेकाहरूका राम्रा कुरा प्रती हाम्रो ध्यान गएन तर नराम्रा कुरा चाहिँ हामीले टिपी हाल्यौं । कखरा राम्रोँसग छिचोल्न न सक्ने हाम्रो मगजले ती विनासका बेर्ना राम्रैँसग कन्ठ गर्‍यौं । हिजोको हाम्रो अन्तर जातिय एकता राईको भोज मा बाहुनलाई खसी खुवाउने अनि बाहुनको भोजमा राईलाई राँगो खुवाउने जस्ता परम्पराको दाहसंस्कार गर्‍यौं ।

जातियताका नाममा पश्चिमाहरूको बेतन खाएका कथित शासकहरु अनि समाजिक अभियन्ताहरूकै अगुवाइमा हामी एक जातले अर्को जातलाई मार्न थाल्यौं । देशमा भएका नरसंहारलाई हामीले आफ्नो जातको फाइदा र बेफाइदामा जोख्यौं । विभिन्न आईएनजीओका इसारामा हामी बादर नाच नाच्दै गयौं । हामीले हाम्रा परम्परा मात्र तोडेनौं मौलिक संस्कृती अनि संस्कारहरूको पनि मुहाननै थुन्न तल्लिन भयौं। विश्वको सबैभन्दा शक्तिशाली र वैज्ञानिक भाषा संस्कृत हाम्रा सन्तानलाई पढाउन बन्द गरायौं । स्कुलबाट नैतिक शिक्षा हटाउन लगायौं। हटाउन हुन्न भन्ने मास्टरहरू कति लाई भाटा हान्यौं भने कतिको त प्राणसम्मै लियौं । यति मात्र होइन हामी टुटेफुटेका दुई चार अङ्ग्रेजी शब्द बोल्नुमा आफ्नो प्रतिष्ठा अग्लिएको ठान्न थाल्यौं । जापान अनि चीन जस्ता विकसित देशहरुले अङ्ग्रेजी नसिकी तेत्रो अजंगको विकास गर्दा हामी अङ्ग्रेजी जानेकाहरू च्याटमै मग्न छौं ।

जसको फलस्वरूप संस्कृत आज अंग्रेजका सन्तानहरूले सिक्दै छन् किनकी भविष्यमा निर्माण हुन लागेको टकिङ कम्प्युटरले केवल संस्कृत भाषाबाट मात्र पुर्णरूपले काम गर्न सक्ने कुरा तिनको मगजले भेउ पाइसकेको थियो । त्यसका लागि अंग्रेजले आफ्नै सन्तानहरूको बाहुल्यता चाहेका छन् । हामी फेसबुक र टिकटकमा अल्मलिदै गर्दा तिनै माध्यमबाट संस्कृत भाषाबाट बनेका टकिङ कम्प्युटरको विज्ञापन सेयर र लाइक गर्नेछौं किनकी तेहा लेखेको हुने छ जस्ले धेरै ग्रुपमा शेयर र लाइक गर्छ उसले एउटा थान कम्प्युटर पाउने छ । हाम्रो खिया लागेको मगजले चुरो कुरोको भेउ नै पाउने छैन । अनि हाम्रो भाषाको पिता संस्कृत अरूकै कैदमा हुनेछ । अनि हाम्रा सन्तानहरूलाई योग्य बनाउने ठानेर संस्कृत सिक्न तिनैको शरण पर्नेछौं । यस्तै छ मेरो देशका बासीहरूको आधुनिक सोच । यो सोचले देशलाई कहाँ पुर्‍याउलाँ ?

प्रतिक्रिया