काठमाडौं निम्न व्यापारीक संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । काठमाडौं निम्न व्यापारीक संघको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार भृकुटीमण्डपको हाताभित्र अवस्थित खुल्ला बजारको प्रतिनिधि मूलक संस्थाको रुपमा रहेको काठमाडौं निम्न व्यापारी संघले साधारण सभा गरेको हो । समाज कल्याण परिषद्को नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । वि.स २०६३ सालमा भएको सरकार र संघको सम्झौता सकिएकाले फेरि नविकरण गर्न पहल भइरहेको संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले बताए । उनले फेरि सरकारले व्यापारी संघसँग १५ वर्षे सम्झौता गर्नुपर्ने बताए ।
ओलीले १३०० स्टल र ७०० पसलहरु हाताभित्र सञ्चालान हुँदै आएको बताए । उनले मिनि नेपाल भृकुटीमण्डप भित्रै भएको बताए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आथित्यता तथा संघका अध्यक्ष ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया