मधेसी कोटामा अजय चौरसियालाई बढी मत
नेपालखोज
२०७८ पुष ६ गते १६:४९

काठमाडौं । नेपाली कांग्रेसको मधेसी कोटाको केन्द्रीय सदस्यमा अजय चौरसियाले बढी मत ल्याएका छन् । आज आएको मत परिणामअनुसार ९ जना निर्वाचित हुने यो कोटामा चौरसियाले सबैभन्दा बढी मत ल्याएका हुन् ।
दोस्रो नम्बरमा बढी मत विनोद चौधरीले ल्याएका छन् । नेपालका एक मात्र डलर अरबपति चौधरीले पनि कांग्रेस केन्द्रीय समितिमा प्रवेश पाएका छन् । ९ जना विजयी रहेको यस कोटामा अधिकांश देउवा पक्षका छन् । चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, दिनेशकुमार यादवलगायत नेता यस कोटाबाट निर्वाचित भएका छन् ।
त्यस्तै महिलातर्फ मुक्ताकुमारी यादव, मिनाक्षी झा, मन्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया