‘देश कमजोर हुँदै जान्छ’
नेपालखोज
२०७८ पुष ९ गते १३:२७

काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन । आज रावलले सामाजिक सन्जालमार्फत देश कमजोर हुँदै गएको बताएका हुन ।
उनले सांसदहरुले महत्वपूर्ण विषयहरुमा आवाज उठाउन नपाएको उल्लेख गरेका छन । तर, सरकारले चाहे अनुसारको काम संसद्बाट गर्न पाएकाले संसद् अवरोध गर्नुको औचित्यमाथि नै रावलले प्रश्न उठाए ।
रावलले लेखेका छन्,–‘संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ । यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ ।’
सम्बन्धित

प्रतिक्रिया