मंगलबार, वैशाख १६, २०८२

सम्झनै पर्ने एउटा महत्त्वपूर्ण नाम ‘अली मियाँ’ !

नेपालखोज २०७८ पुष १० गते ८:३०

नेपाली लोक साहित्य र लोक-संगीतका सन्दर्भमा सबै नेपालीले सम्झिने र सम्झनै पर्ने एउटा महत्त्वपूर्ण नाम हो- अली मियाँ । लोक कविका रुपमा ख्याति कमाएका अली मियाँको जन्म वि.सं. १९७५ फागुन १५ गते पोखराको कुँडहरमा भएको थियो भने २०६३ साउनमा उहाँ दिवंगत हुनुभएको थियो ।

आधा दर्जनभन्दा बढी कृति प्रकाशनमा ल्याउनुभएका मियाँ इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, नारायणगोपाल संगीत सम्मानलगायत विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानद्वारा सम्मानित हुनुहुन्थ्यो ।

पहिलोपटक मैले उहाँलाई कहिले भेटें एकीनसाथ भन्न नसके पनि केहीपटक उहाँसँग भेटघाट र भलाकुसारी गर्ने अवसर भने मैले पाएको हुँ।

लोक कवि अली मियाँसँगको मेरो यो तस्बिर भने मेरै क्यामराबाट २०५६ पुस ३ गते पोखरामा खिचिएको हो ।

प्रतिक्रिया