नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई चयन गरिएको छ । सञ्चालक समितिको बैठकबाट पाण्डेलाई नियुक्त गरिएको हो ।
बैंकिङ्ग क्षेत्रमा २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए । पाण्डे फिलो चार्टड एकाउन्टेन्ट (एफसिए) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले आउँदो २०७८ साल माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया