शुक्रबार, वैशाख १४, २०८१

‘मधुमेहले टाउकोदेखि खुट्टासम्मै असर गर्छ’

प्रशोधित गुलियो पदार्थ खाँदै नखानुस्, होला है मधुमेह !

नेपालखोज २०७८ पुष १५ गते १७:१५

डा. ज्योति भट्टराई हाल मेट्रो काठमाडौं हस्पिटलमा कार्यरत छन् । उनी वरिष्ठ मधुमेह एवं हर्मन रोग विशेषज्ञ हुन् । डा. भट्टराईसँग नेपालखोजका लागि सहकर्मी केशव भट्टराईले मधुमेह रोगका खतराका कारणहरू, मधुमेह नियन्त्रण नहुँदा हुन सक्ने खतरा, यस रोग नियन्त्रणका उपायहरूलगायत विषयका सेरोफेरोमा रहेर कुराकानी गरेका छन् ।

हाइलाइट्स :
-मेट्रो काठमाडौं हस्पिटलमा दैनिक ४० जनासम्म मधुमेहका बिरामी आउने गर्छन् । संसारभरि नै आधुनिकतासँगै मधुमेहका बिरामी बढ्दै गएका छन् ।
-पहिले पनि मधुमेह थियो, तर अहिले व्यापाक रूपमा बढ्नुको कारणमा एउटा वंशानुगत र अर्को वातावरणीय कारण हो । खानपानमा परिवर्तन हुनु, तौल बढ्दै जानु, तनाववाला जिन्दगी हुनुलगायत मधुमेहका कारणहरू हुन् ।
-धेरैजना वैज्ञानिकले तोकेको कुरा कृषि प्रणाली बिगार्नु पनि मधुमेह रोगको कारण हो । कोक–फेन्टालगायत गुलियो प्रशोधित झोल पदार्थ अज्ञानतावश मानिसले सेवन गर्नाले मधुमेह बढ्दै गएको छ ।
-विश्वमा कम भनेको बच्चालाई हुने ‘टाइप वन’ मधुमेह हो । ‘टाइप टु’ धेरलाई हुन्छ । तर आजभोलि विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको अध्ययनहरुले यो देखाएको छ कि कतिपय अवस्थामा टाइप वन र टाइप टु छुट्याउन सकिँदैन ।
-कोही मानिस मोटा भए पनि उनीहरू फुर्तिला र चलायमान छन् र वंशानुगत जोखिम छैन भने मधुमेह नहुन पनि सक्छ । तर पेटको गोलाइ बढेको छ र कलेजोमा बोसो थुप्रिएको छ भने त्यो निःतान्त चिनी रोगको जोखिम हो ।
-मधुमेह खतरा हुन्छ र हुँदैन पनि । बुझेर नियन्त्रित राख्यो भने खतरा हुँदैन । बुझेर नियन्त्रणमा राखिएन भने खतरा हुन्छ ।
-मधुमेहले टाउकोदेखि खुट्टासम्म असर गर्छ । तर बुझेर चिनी कम, रक्तचाप नियन्त्रण, चुरोट र रक्सी सेवन गरिएन, व्याम गर्दै खानपान मिलाइयो भने र डाक्टरसँग चेकजाँचमा रहे वर्षौंसम्म निरोगी किसिमले जिउन सकिन्छ ।
-अध्ययन प्रमाणले के देखाएको छ भने मधुमेह हुनेबित्तिकै नियन्त्रण गरेर व्याम र औषधिमूलो गरे यौन क्षमतामा ह्रास हुँदैन । यौन समस्या छ भने डाक्टरले अनुसन्धान गरेर मद्दत गर्न सक्छन् ।

प्रतिक्रिया