शनिबार, जेठ ४, २०८२

सबैभन्दा बढी कमाइ गर्ने फुटबलर

नेपालखोज २०७८ पुष २० गते १६:४७

फोर्ब्स पत्रिकाले संसारमा सबैभन्दा बढी आम्दानी गर्ने दशजना फुटबल खेलाडीको सूची सार्वजनिक गरेको छ । हेराैं २०२१ मा कुन फुटबलरले कति कमाए ?

क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका रोनाल्डोको वार्षिक कमाइ १२५ मिलियन डलर अर्थात १५ अर्ब नेपाली रुपैयाँभन्दा बढी छ । यसमध्ये ७० मिलियन डलर उनले तलब वापत बुझछन् भने बाँकी आम्दानी विज्ञापन आदिबाट गर्छन् ।

लियोनेल मेसी : ११ करोड डलर अर्थात् १३ अर्ब रुपैयाँभन्दा बढी आम्दानीका साथ मेसी दोस्रो नम्बरमा छन् । मेसिले विज्ञापन आदिबाट साढे तीन करोड डलर आम्दानी गर्छन् । उनको वार्षिक तलब साढे सात करोड डलर छ ।

नेमार जूनियर : ब्राजिलका नेमारको वार्षिक आम्दानी ९.५ करोड डलर ( करिब १२ अर्ब रुपैयाँ ) छ । यसमा साढे सात करोड डलर उनको तलब वापतको आम्दानी हो ।

कीलियन मापे : आम्दानीको हिसाबले चौथो स्थानमा रहेका २२ वर्षिय फ्रान्सेली खेलाडी मापे वार्षिक ४.३ करोड डलर कमाइ गर्छन् जसमा डेढ करोड डलर विज्ञापनबाट आम्दानी हुन्छ ।

मोहम्मद सालेह मिस्रका सालेह : २९ वर्षका खेलाडी सालेहले गत वर्ष ४.१ करोड डलर आम्दानी गरे । उनको वार्षिक तलब अढाई करोड डलर छ ।

रोबर्ट लेम्बाडोवस्की : पोल्यान्डका स्टार लेम्बाडोवस्कीको वार्षिक कमाई साढे तीन करोड डलर छ । ३३ वर्षीय लेम्बाडोवस्की जर्मन क्लब बायर्न म्युनिखबाट वार्षिक तलबका रुपमा २.७ करोड डलर बुझछन् ।

आन्द्रेस एनिएस्ता : स्पेनका एनिएस्ता ३७ वर्षका भइसकेका छन् । जापानी क्लब विसेल कोबेसँग अनुबन्धित एनिएस्ताको वार्षिक आम्दानी लगभग ३.५ करोड डलर छ । यसमध्ये ४० लाख डलर उनी विज्ञापनबाट कमाउँ छन् ।

पल पोग्बा : फ्रान्सेली खेलाडी पोग्बाको वार्षिक कमाई ३.४ करोड डलर अर्थात लगभग ४ अर्ब रुपैयाँ छ । म्यानचेस्टर युनाइटेडका स्टार फुटबलर पोग्बाले विज्ञापनबाट ७० लाख डलर कमाइ गर्दै आएका छन् ।

ग्यारेथ बेल : ब्रिटिश फुटबलर स्टार ग्यारेथ बेल ३२ वर्षका भए । उनी वार्षिक ३.२ करोड डलर जस्तो कमाउँछन् जसमा २.६ करोड डलर उनको तलब हो । बेल रियल म्याड्रिड क्लबबाट फुटबल खेल्छन् ।

एड्न हेजर्ड : ३० वर्षका एड्न बेल्जियमका हुन र उनी रियल म्याड्रिड क्लबसँग अनुबन्धित छन् । उनको आम्दानी २.९ करोड डलर छ । जसमा २.६ करोड डलर उनको तलब हो ।

प्रतिक्रिया