कुम्भ राशिको वार्षिक भविष्य

कुम्भ राशि हुनेहरुको निर्णय क्षमता मजबुत हुनेछ । तपाईंभित्र विशिष्ट अन्तर्ज्ञानसमेत उत्पन्न होला । आफ्नो बुद्धिमत्तामा विश्वास गर्दा आफैं निर्णय लिनु फलदायक हुन्छ । कुनै महिलाले तपाईंलाई सहयोग गर्न सक्छिन् ।
आजीविका : वर्ष अनुकूल रहनेछ । तपाईंले बढीभन्दा बढी सफलता पाउनु हुनेछ । तपाईंका निर्णयहरु रणनीतिक हुनेछन् । यस तथा सफलता प्राप्तिको योग छ । आफूभित्रको प्रतिभा चिन्ने प्रयास गर्नुहोस् । आफ्नो अन्तरात्माको आवाजमा विश्वास गर्नुभयो भने सफलता टाढा छैन ।
पारिवारिक जीवन : परिवारभित्रको केही कुराका कारण अलिकति निराशा पनि रहनेछ । विवादलाई समयमै उचित तरिकाले सुल्झाउने प्रयास नगर्ने हो भने स्थिति अझ खराब हुनसक्छ । तपाईंले आफ्ना भावना ठीक ढंगले व्यक्त गर्ने हो भने परिवारको गलतफहमी हट्नेछ । आफ्नो सम्बन्धलाई राम्रो बनाउने एकमात्र उपाय यही हो । वर्षको पछिल्लो ६ महिनातिर जीवनसाथीसँग यात्रा हुने तथा निकट समय बिताउने मौका मिल्नेछ ।
आर्थिक जीवन : आर्थिक दृष्टिले वर्ष शुभ रहनेछ । कडा मिहिनेतले राम्रो मुनाफा दिलाउनेछ । आर्थिक क्षेत्रमा वाञ्छित परिणाम हासिल होला । त्यस्तो कुनै नयाँ काममा लगानी हुनसक्छ जुन पछि गएर लाभदायक सिद्ध हुनेछ ।
स्वास्थ्य : आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । मौसमी बिमारले दु:ख दिन सक्छ । वाहन आदि बाट चोटपटक लाग्ने सम्भावनासमेत देखिन्छ । वाहन चलाउँदा वा सडकमा हिँड्दा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
सुझाव : नियमित रुपमा रक्तदान गरिरहनुहोला ।
प्रतिक्रिया