उत्तर कोरियाको आणविक परीक्षणप्रति अमेरिकालगायत राष्ट्र आक्रोसित

नेपालखोज २०७८ पुष २२ गते १०:२५

काठमाडौं । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई अमेरिका लगायतका देशले प्रतिबद्धता उलंघन गरेको टिप्पणी गरेका छन् ।

दक्षिण कोरिया, जापान र अमेरिकाले आणविक होड त्याग्ने उत्तर कोरियाले प्रतिवद्धता गरे पनि त्यसको कार्यान्यवन नगरेको भन्दै निन्दा गरेका हुन् । उत्तर कोरियाले हिजो (बुधबार) जापानको समुद्री किनार छेउमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

उता संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न नै प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले भने आफूमाथि लागेका प्रतिबन्ध हटाइए मात्र आणविक परीक्षण नगर्ने जनाएको छ ।

प्रतिक्रिया