‘वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीले कामै गर्न नसक्ने अवस्था सृजना भयो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् ।
उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका हुन । उनले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताए ।
श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूलय वृद्धि समेत बढेने गरेको बताए । उनले अहिले बैंकहरुले विगतमा उद्यागीहरुलाई दिइरहेको कर्जा बराबरको पैसा दिन समेत नसक्ने अवस्था रहेको बताए । विहीबार संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले नेपाली बैंकहरुमा २÷४ अर्ब भए पनि कहाँ राखौं हुने र २÷४ अर्ब कम हुँदा कहाँबाट पैसा ल्यायौं हुने गरेको बताए । उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताए । यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र सहज बनाउने गरेको बताए ।
त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए । उनले तरलता अभावको कारण बैंकमा पैसा नभएको र उद्योगीहरुले बैंकबाट नै कर्जा लिने हो भने सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्नु नसक्ने बताए ।
श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए । अहिलेकै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताए । त्यस्तै सरकारले लक्ष्य भन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पुरा नहुने श्रेष्ठले बताए । उनले सरकारले निजी क्षेत्रका सरोकारवाल निकायसँग तथा योजना आयोगसँगको समन्य बिना योजना बनाउँदा अहिलेको अवस्था आएको बताए ।
उपाध्यक्ष श्रेष्ठले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीहरुले भने जस्तो नभएको बताए । उनले कोरोना महामारी पछि सबै उद्योगी व्यवसायहरु पुर्णरुपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको तर, बजारमा तरलतालगायतका समस्या रहेको बताए ।
प्रतिक्रिया