उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज संयुक्त बैठक बस्दै

नेपालखोज २०७८ पुष २५ गते १२:३२

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज बस्दैछ । कोरोना संक्रमण दर बढ्दै गएपछि यस सम्बन्धमा आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको दिउँसो बस्ने संयुक्त बैठकले कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे निचोड निकाल्ने छ ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा संक्रमण दर बढ्दै गएको छ । काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले जनाएको छ ।

प्रतिक्रिया