शुक्रबार, असार १३, २०८२

काठमाडौंका खोप केन्द्रमा कोभिडविरुद्धको ‘बुस्टर डोज’ ! (नामसहित)

नेपालखोज २०७८ माघ ३ गते १३:१९

काठमाडौं । कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत सोमबारदेखि कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।

कोभिड-१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भिड छ । सञ्चालित खोप केन्द्रहरुमध्ये नर्भिक इन्टरनेसनल हस्पिटलमा पनि खोप लगाउनेहरुको भिड बढेको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले सोमबारदेखि सुरु भएको बुस्टर खोप अग्रपंक्तिमा रहेर मुलुकको सेवा गर्नेहरुका लागि लगाइएको बताए । उनले खोप अभियान जारी रहने पनि बताए ।

बुस्टर खोप लगाउन यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाइन्छ ।

त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जडीबुटी, काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग, जनमैत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि बुस्टर खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया