बुधबार, वैशाख १९, २०८१

ओमिक्रोनको सब-भेरियन्टका लक्षण ?

नेपालखोज २०७८ माघ १४ गते १६:१५

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सब-भेरियन्टलाई स्टिल्थ ओमिक्रोन (बीए.टू) नाम दिइएको छ । डेनमार्क, ब्रिटेन, स्विडेन, सिंगापुर हुँदै यो सब-भेरियन्टले भारतमा समेत प्रवेश पाइसकेको छ । बीए.टू स्ट्रेन ओमिक्रोनको मूल भेरियन्टको तुलनामा कैंयन् गुणा तीव्र गतिमा फैलन्छ । यही कारणले पनि ओमिक्रोनको सब-भेरियन्ट स्टिल्थ ओमिक्रोन (बीए.टू) ले सबैको चिन्ता बढाएको छ ।

ओमिक्रोनलाई डेल्टा भेरियन्टको तुलनामा बढी संक्रामक मानिँदै आएको थियो । यद्यपि यसका लक्षण भने डेल्टाको तुलनामा कम गम्भीर छन् । तैपनि अहिले के भनिँदै छ भने सब-भेरियन्ट स्टिल्थ ओमिक्रोन आरटी-पीसीआर टेस्टमा देखिँदैन । यही कारणले यो सब-भेरियन्ट वैज्ञानिक तथा चिकित्सकहरुको टाउको दुखाइ भएको छ ।

स्टिल्थ ओमिक्रोनका लक्षण ?
डब्ल्यूएचओका अनुसार ओमिक्रोनको बीए.वान भेरियन्ट संसारका ४० भन्दा बढी देशमा फैलिए पनि भारत, दक्षिण अफ्रिका, ब्रिटेन तथा डेनमार्कको तथ्यांकले बीए.टूको संक्रमणसमेत तीव्र गतिमा बढिरहेको देखाएको छ ।

यो सब-भेरियन्टको लक्षण पनि केही अलग छ । विज्ञहरुका अनुसार, कोरोनाको सबै भेरियन्टका लक्षण पहिलेको भेरियन्टको तुलनामा केही न केही अलग रहँदै आएको छ । यसक्रममा ओमिक्रोनको लक्षण पनि डेल्टाभन्दा अलग छ । ओमिक्रोनका बढीजसो बिरामीले नाक बग्ने तथा घाँटीको समस्या सामना गरेका छन् ।

यसैगरी खोप लगाइसकेका संक्रमितमा कानसम्बन्धी समस्यासमेत देखिएको छ । यसमा स्वाद वा गन्ध हराउने समस्या भने छैन जुन डेल्टा भेरियन्टको प्रमुख लक्षणमध्ये एक थियो । ओमिक्रोनको सब-भेरियन्टमा अलग लक्षण देखिएको छैन भने यसमा गलाको समस्या सृजना भएपछि मात्र आरटी-पीसीआर टेस्टमा रिपोर्ट नेगेटिभ देखिने गरेको छ । ओमिक्रोनको सब-भेरियन्ट स्टिल्थ ओमिक्रोन (बीए.टू) मा पनि नाक बग्ने, टाउकाको पीडा, थकान, हाछिँउ तथा घाँटी दुख्नेजस्ता लक्षण देखापरिरहेको बताइन्छ ।

डब्ल्यूएचओका अनुसार बीए.वानको तुलनामा बीए.टू कति खतरनाक छ भन्ने कुरा बुझ्न थप शोध-अनुसन्धानको आवश्यकता छ । के पनि भनिँदै छ भने बीए.टूका बिरामीले अस्पतालमै भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । ओमिक्र‍नको मूल भेरियन्टको असर फोक्सोमा नदेखिए पनि बीए.टू स्ट्रेनबाट संक्रमितहरुको फोक्सोमा समेत प्रभाव देखिएको छ । भनिन्छ यसबाट संक्रमितहरुको फोक्सोमा ५ देखि ४० प्रतिशतसम्म इन्फेक्सन देखिन सक्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया