बिहीबार, जेठ ३, २०८१

६ वर्षको भयो पशुपति प्रसाद

नेपालखोज २०७८ माघ १७ गते १२:२०

पशुपति प्रसाद रिलिज भएको ६ बर्ष पुगेछ । तपाईंहरुको मायाप्रति हामी सम्पूर्ण टिम कृतज्ञ छौँ । कलाकार खगेन्द्र लामिछानेले चलचित्र पशुपति प्रसादको सम्झनामा गरेको यो पोस्टसँगै धेरैले यो चलचित्रको स्मरण गरे । धेरैले यो चलचित्रलाई उत्कृष्ट मौलिक नेपाली चलचित्र मानेका छन् भने कतिपयले यसको दोस्रो भागको चाहना गरेका छन् । सबैको साझा प्रतिक्रिया छ- One of my favorites Move ,The Masterpiece in Nepali film Industry, धेरै राम्रो चलचित्र, Keep up the good work, Great memories, best film ever, पार्ट -२ को प्रतिक्षा आदि ।

खगेन्द्र लामिछानेको टिप्पणीमा प्रेम भट्टराई लेख्छन् – माया को साटो पार्ट – २ चहियो के ब्रो । हैन भने भस्मेलाई भनिदिन्छु । यसैगरि पुरन्जन नेपालको प्रश्न छ ‘अब पशुपति प्रसाद २ कहिले त ?’ जय भट्टराईले पशुपति प्रसादको पार्ट टूको आधार पनि लिएका छन् – नेपाली चलचित्रमा पहिलोपटक हेरेर नअघाएको मुभी हो पशुपति प्रसाद ! दोस्रो पार्ट सायदै बनाउने होलान् हिरोनै मरिसकेको छ भनेर । यदि कुन आधारमा पार्ट टु बनाउने भने – हनुमानको भूमिका निभाउनुको कारण रहस्यमय छ, हनुमानसँग भष्मे डन डराउनु , बाबा आमा भूकम्पमा परेर वित्नु जस्ता अनेकान् प्रश्न छन् जो एक रहस्यमयमै सिमित रहे ।

अमृत बरालको सुझाब छ – आगामी चलचित्रमा यो लाटीलाई बोल्ने रोल दिएर लभ परेको देखाउन पर्‍यो। कथा बढीनै दु:खान्त भयो । यही मेसोमा भुपाल भट्टराई पार्ट टु आउँदैछ भन्ने कुरा सुनेर उत्साहित छन् भने धेरैले लेखेका छन् – पशुपति प्रसाद-२ को व्यग्र प्रतीक्षामा छौं।
परशुराम तिमसिनाको टिप्पणी छ – धेरै राम्रो थियो सर त्यो मुभी चार पटक डाउनलोड गरि हेरियो अझै हेर्न मन लाग्छ । यसको पार्ट टु पनि ल्याउनु पर्ने हो ।

फेरि यस्तै तपाईं अभिनित उत्कृष्ट सिनेमा हेर्ने हुटहुटी छ चाँडै आओस् शुभकामना । आदेश शाहिको चाहना छ – पशुपति प्रसाद – २ मा भस्मे किन डराउँछ कुरा देखाउनु पर्यो ।

यसैगरी अन्य प्रतिक्रिया :

उत्कृष्ट छ।
तिलाचन बस्याल

ओहो साँच्चै भष्मेको क्यान्डी क्रस्को लेभल कति पुगेछ कि खेल्नै छोडेछ??
एनके श्रेष्ठ

जय रियल हिरो खगेन्द्र लामिछाने (टुल्के ) ।
देबि प्रसाद घिमिरे

बीस पटक हेरिसके अझै पनि हेर्न मन लाग्छ किन होला????
महेन्द्र जीसी

सय पटक हेरियो होला तर यस्तै फिल्म अब फेरि हेर्न पाइएला ?
प्रयास भण्डारी

धेरै पटक हेरेँ अझै हेरौं हेरौं नै छ हनुमान जी ।
प्रकाश भण्डारी

सिनेकर्मीहरूलाई प्रश्न छ- पशुपतिप्रसाद जस्तै अर्गानिक नेपाली सिनेमा फेरि बन्छ कि बन्दैन ?
कमल देवान

मैले यस्तो फिल्म त कल्पनै गरेको थिइन !!
वसन्त राज कार्की

अझै यस्तै यस्तै चलचित्रको आशा राख्दछौं ।
नवराज

पशुपति प्रसाद नै एउटा फिल्म हो जुन ३ पटक हेरेको छु, फेरि हेर्न मन लागिरहेछ ।
अन्जिर बी दाहाल

नेपाली सिने जगतको एउटा उत्तम सिनेमा सिनेमाहलमा गएर हेन्न असमर्थ भए पनि लगभग ५ पटक त आफ्नै फोनमा त हेरेँ ।
अर्जुन पराजुली

फिल्ममा चाहिँ हिरोनी सोझी झैँ ला थियो तर रियल मा चै नाप्पेकी रैछिन्……।
दीपक एन्ड बिन्दु

मैले मेरी माया बर्षालाइ चिनेको नि ६ बर्ष भएछ ।
शिव चन्द्रको भान्जा

२ छिटै चाहियो ६ वर्ष पुग्यो भनेर मात्र भएन है ।
लक्की बिश्वकर्मा

पशुपति प्रसाद २ कहिले आउँछ ? छिटो नयाँ चाहियो । मलाई मन परेको फिल्म यही हो ।
प्रकाश लामिछाने

मैले हेरेका चलचित्र मध्ये एउटा उत्कृष्ट चलचित्र हो यो
भरत केसी

धेरै मन परेको फिल्म हो स ! त्यस्तै कथाको पर्खाइमा छन् दर्शक ।
डा. मित्र पाठक

उत्कृष्ट चलचित्र पशुपति प्रसाद अझै कडा प्रस्तुती लिएर आउनुहोला , हामी प्रतिक्षारत छौं ।
शन्तोष क्षेत्री

त्यो फिल्म जति अरु फिल्म हेर्दा मज्जा आएन सदाबहार अभिनय गर्न कै लागि जन्मिएको एक कलाकार ।
अशोकराज भण्डारी

चलचित्र भनेको हिन्दीमा थ्री इडियट र नेपालीमा पशुपती प्रसाद ।
एकादेशको राजा

अहिले पनि हेरिरहन्छु । कहिले धित मर्दैन । एकदम राम्रो फिल्म पार्ट टू बनाउनु पर्‍यो ।
शंकर घर्ती

हजुरको एक्टिङको बढा फ्यान ।
शरण श्रेष्ठ

नेपालको टप फिल्म जति हेरे पनि पेट नभरिने ।
राजु सुनार

कस्तो संयोग आजै म पशुपति पुगेको थिएँ सधा झैँ त्यहाँ पुगेपछि ती सबै पात्र सरसर्ती नजर मा डुल्छ्न् आज पनि तिनै पात्र तिनै ठाउँको बारे कुरा गर्दै आएको म र मेरो साथी। साँच्चै जिवन्त लाग्ने फिल्म मध्ये मलाई मन पर्ने फिल्म ।
मनोज दाहाल

यो फिल्ममा तपाईंको मृत्युले धेरै भावुक बनाएको थियो ।
गणेश बहादुर गहतराज

दशौं पटक फेरि हिजो मात्र हेरेको, नयाँ फिल्म जस्तै मजा आयो ।
नवीन उत्सव

जति हेरे पनि हेरू हेरू लाग्छ ।
दिपेश बाबु सनपकोटा

दाजै भस्मे डन किन हनुमान सित डराऊछ भनेर मैले धेरै रात ननिदाई कटाको छु लौन भाग २ मा जसरी पनि भन्नु परो कि मलाई म्यासेज गर्न परो ।
रमेश खनाल

हनुमान भनेको ठूलो डन हो क्यासिनोमा करोडौं सकेर पशुपतिनाथमा लुक्न बसेको पात्र ।
योगेश आचार्य

यस्तै खालका उत्कृष्ट चलचित्रको प्रतिक्षामा ।
भिम रेग्मी

मैले यो फिल्म पाँच दिन अगाडि हेर्ने फुर्सद पाएँ । फिल्म एकदम दामी रैछ । पशुपतिको मृत्यु भएपछि सारै नरमाइलो लाग्यो र उहाँको टलकजङ vs टुल्के अनि धनपति पनि हेरे सारै राम्रो लाग्यो ।
दिनेश सुवेदी

प्रतिक्रिया