संविधासभा सदस्य डा. दुमन थापाको निधन

नेपालखोज २०७८ माघ १७ गते १२:३१

काठमाडौं । संविधासभा सदस्य डा. दुमन थापाको गएराति निधन भएको छ । नेकपा एकीकृत समाजवादीका नेता थापाको ६२ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट चुनाव जितेका उनले पार्टी विभाजनसँगै एमाले छाडेका थिए ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

प्रतिक्रिया