आइतबार, वैशाख २३, २०८१

हड्ताल

विपिनबाबु २०७८ माघ २३ गते १४:४२

ए रोक् रोक् त्यो गाडी जताबाट आको उतै फिर्ता पठाऊ । यता आउन नदेऊ मानेन भने मैले भनेअनुसार गर्नू बन्दकर्तालाई कमान्डर नेताले आदेश दिए ।

‘बिरामी लिएर आएको मलाई अस्पताल पुर्याउन त दिनुहोस् ।’ चालकले अनुरोध गरे । बिरामीको अवस्था दयनीय थियो ।
बन्दकर्ताले पटक्कै मानेनन बरु आगो लगाउने धम्की दिए । चालक पनि डराए । जसोतसो चालकले सवारीसाधन फर्काए तर बिरामी लाने कता ती डराए । पछाडि फर्केर हेरे करिब १७/१८ वर्ष कि युवती असैह्य पीडाले छटपटाउँदा छटपटाउँदै बेहोस् भइसकेकी थिइन् ।

बन्दकर्ताको कमान्डरको फोनमा धेरैबेरदेखि फोन आइरहेको थियो तर उनले सुने पनि उठाउन हतार गरेका थिएनन् घरि यता घरि उता गएर कार्यकर्तालाई जसरी पनि बन्द सफल बनाउन निर्देशन दिइरहे ।

सवारी चालकले बिरामीलाई प्रहरीनजिक पुर्याएर सबै समस्या सुनाए । प्रहरीले बिरामीलाई आफ्नो सवारीसाधनमा चढाएर चालकलाई पनि सँगै जान भने ।

सर म यी युवतीलाई चिन्दिनँ सडकमा यी घाइते भई लडेकी रहिछन् । नजिकै स्कुटर पनि लडिरहेको थियो । कसैले सहयोग नगरेको हुँदा स्कुटर प्रहरीलाई जिम्मा दिई उहाँहरुकै अनुरोधमा अस्पताल लगिदिन खोजे तर लान दिएनन् । अब हजुरहरुले नै अस्पताल लगिदिए म पनि आफ्नो गन्तव्यमा फर्कन्थे ।

बन्दकर्ता कमान्डरले धेरै बेरपछि आफूभन्दा सिनियर नेतालाई फोन गरी अवस्थाबारे जानकारी गराउन फोन खोले । घरको फोन १५ पटकभन्दा बढी नै आएको रहेछ । हतारहतार घरमा फोन गरे ।

छोरी हिजो साथीको घरमा बर्थ डे सेलेब्रेसनका लागि गएकी थिई । फर्कंदा आन्दोलनकारी र प्रहरीको झडपमा हाम्रो साथीहरुले हानेको ढुंगाले लागेर स्कुटरबाट लडिछन् । हाम्रो विरोधी पार्टीका एकजना नेताले अस्पताल पुर्याउन लगेको तर बन्दले गर्दा नसकेपछि प्रहरीलाई बुझाएछन् अहिले नेपाल प्रहरी अस्पतालबाट फोन आयो र हामी अस्पताल आएका छौं ।

नानीलाई उपचारपछि होस् आएर घरको नम्बर दिइछन् । धन्न नेपाल प्रहरी । अहिलेको अवस्थामा अत्तालिँदै नेताले सोधे । प्रहरीले डाक्टरकोमा छोरी ल्याइदिएर उपचार भयो । डाक्टरले पनि समयमै उपचार गरेर छोरीको स्वास्थ्य ठीक भयो । प्रहरी र डाक्टरको सहयोगले हाम्रो छोरी त ठीक भइन् । अब घर लाने साधन नभएर बसिराखेको छौं- बोले ती आन्दोलनकारी नेता ।

प्रतिक्रिया