भित्र खाओवाद बाहिर माओवाद : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सन्जाल ट्विटरमा ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भन्दै व्यङ्ग्य गरेका छन् । यस्तै ‘माछा देखेभित्र हात, सर्प देखे बाहिर हात’ भन्दै दाहालमाथि व्यङ्ग्य गरेका छन् ।
यस्तै उनले ‘भित्र खाओवाद बाहिर माओवाद’ भन्दै माओवादी केन्द्रविरुद्ध कटाक्ष गरेका छन् । अध्यक्ष भट्टराईले जबसम्म नेपाली राजनीति पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै-बन्दैन भनेका छन् ।
एमसीसी जुन ढंगले गिजोलिँदै छ त्यसको परिणाम गम्भीर हुनसक्ने उनले चेतावनी पनि दिएका छन् । डा. भट्टराईले ‘अति भए खति हुन्छ है’ सचेत पनि गराएका छन् ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै-बन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदै छ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’
हिजो (आइतबार) मात्रै अमेरिकी सहयोग परियाजना एमसीसीले प्रधानमन्त्री शेरबहादर देउवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै एमसीसी संसद्बाट अनुमोदन गराउन पत्र पठाएको थियो । एमसीसीले अनुमोदन गर्ने समय सकिन लागेको स्मरण गराएको छ । एमसीसीले अनुमोदनसम्बन्धी समय सकिँनै लागेको पत्र पठाउँदा सत्तारुढ दल गम्भीर छलफलमा छन् ।

प्रतिक्रिया