पदाधिकारी बैठक : कमल थापाबारे समीक्षा गर्दै राप्रपा, पूर्वअध्यक्ष जबरा र लोहनी उपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ । निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको विषयमा कुराकानी गर्न बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय धुम्वाराहीमा सुरू भएको बैठकमा समसामयिक राजनीतिक समीक्षा र स्थानीय चुनावको तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले सामाजिक सन्जालमार्फत बैठक बसेको जानकारी दिए ।
बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको पनि सहभागिता रहेको छ । यस्तै प्रदेश समितिका अध्यक्षहरूले पनि बैठकमा भाग लिएका छन् । पूर्वअध्यक्ष थापाले नयाँ पार्टी गठनको तयारी गरिरहँदा बसेको बैठकलाई महत्वपूर्णका साथ हेरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले दुबै जना पूर्वअध्यक्षको साथ खोजेका छन् । उनले राणा र लोहनी निकट कसैलाई पनि पार्टी छाड्न नदिन बैठकको आयोजना गरेको बुझिएको छ ।
राप्रपाबाट कति जनाले कमल थापालाई साथ दिन्छन् हेर्न बाँकी छ । राजेन्द्रले सबैलाई समेटेर लैजाने र कसैले पनि छाड्नु नपर्ने बताएका छन् । उनले सबैलाई जिम्मेवारी दिने स्पष्ट पार्दै आएका छन् ।

प्रतिक्रिया