हल्का वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७८ फागुन ४ गते ६:३३

काठमाडौं । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भु–भागको एक–दुई स्थानहरुमा छिटपुट देखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी चौबीस घण्टामा पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया