बिहीबार, जेठ ३, २०८१

‘पुँजीवादको आचरण, खुबी, लाइफ स्टाइल, क्या अस्सम छ’

नेपालखोज २०७८ फागुन ४ गते १३:५४

कलाकार एलिजा गौतमले पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसँगको तस्बिर बिनाकुनै कमेन्ट पोस्ट गरेपछि आएका केही प्रतिक्रिया कमेन्ट बक्सबाट :

इंग्लिस बोल्देलान् है धमल्नी भाउजू ।
विष्णु भुर्तेल

पर्यटन तथा संस्कृतिमन्त्री जस्तो गरिमामय पदमा बसेर बिदेशमा बसेर ज्याला मजदुरी गर्ने यौटा सामान्य मजदुरलाई हदैसम्मको गाली गर्ने मन्त्रीले संस्कृति जोगाउलान भन्ने के अपेक्षा राख्नु ?
अविरल भारती

पुँजीवादको आचरण, खुबी, लाइफ स्टाइल, क्या अस्सम छ डिएर जिन्दगी ।
आविष्कार तिमिल्सिना

मान्छे हो आबेसमा आउँदा जथाभावी बोल्न पुगिन्छ तर उनले माफी मागेर नैतिकता देखाए ।
पवन कुमार

कस्तो राम्रो मान्छे सँग फोटो खिचेको ! उहाँको पबित्र मुखारबिन्दुबाट सार्बजनिक भएका महान वाणि दिनको दुईपटक बिहान बेलुका सुन्नु , रिसि सरलाई पनि सुनाउनु होला !
सुरेश अधिकारी

यही बेलामा चाँहि किन ?
गणेश ज्ञवाली

फेरि धमलाले हमला गर्छन् अनि थाहा होला ।
केदारनाथ पाठक

पक्कै त्यही मान्छेलाइ कसरी उठाएर नेपाल ल्याउने भनेर सल्लाह लिएको हुनु पर्छ कार्बन्डाइअक्साइ(mccc) ले रिखी पत्नी सङ्ग ।
नारायण मरासिनी

संस्कृति कसरी जोगाउनी भनेर प्रेम आले सङ्ग सिक्नुस पनि लेख्नुस न एलिजा जि । अडियो सबै घर परिवार सङ्गै बसेर पक्कै हेर्नू भयो भन्नेमा हामी आशावादी छौं…।
गोपाल पोखरेल ठूले

एलिजा भाउजू उहाँको कडा फ्यान भए जस्तो छ, बरु आलेले कताबाट उठाए ?
अविनाश बास्तोला

लु यता पनि भाइरल , आले दाइ जिन्दाबाद ।
रमेश मगर

तेरिमा चिया पत्ती चिनी पो भन्दै थियो आज हाम्रो मन्त्री ज्यु ।
नवीन मल्ल ठकुरी

जोग्गेउ है नानी इनको भर छैन नि ।
हिमाल कौशिक

रीसिलाई धोका त हुँदैन ?
डम्बर खड्का

हजुरलाई उठाई सक्नु भो उँहाले ?? धमला जी तपाई कहाँ हुनुहुन्छ ?
राहुल सेन

किम जोङ उन सँङ्ग हाम्री नायिका आहा गजब ।
ईश्वर कार्की

के-के देख्नुपरेको होला !
शाक्य अनोज

No description available.

आलेको बोलि राम्रो छैन यसरि सँगै फोटो नखिचेको भए नि हुने हो ।
जीएमटी मीन

कस्तो दिन हालेको फोटो आलेको ।
प्रदीप ढकाल

शुद्ध नेपाली सिक्न गएको जस्तो छ ।
होमनाथ तिवारी

भाउजूको दिमागले काम गर्न छोडेछ ।
बेरोजगार संघको अध्यक्ष

कुरो त त्यस्तो गर्नेले काम कस्तो गर्छन होला ल है एलिजा म्याम बचेर हिड्नु होला नत्र फेरि भाइरल भइएला है ।
कुमार अशोक

आलेले भाउजूलाई उठाएर लगेकी क्या हो धमला दाइ !?
सुनील धामी

प्रेम आले संस्कृतिमन्त्री हुन् । उनको काम भनेकै संस्कृति जोगाउने हो । उनले प्रयोग गरेका ती शब्दहरु ठेट नेपाली शब्दहरु हुन् । जुन नेपालीको परम्परा हो । यसमा अनौठौ मान्नुपर्ने केही छैन ।
विदेशी गालीले बर्चस्व जमाएर हराएको हाम्रो नेपाली गाली वहाँले फेरि मार्केटमा ल्याउने हिम्मत गर्नुभो। नेपाली संस्कृति र परम्परा जोगाउने काममा उहाँको यो योगदान कहिल्यै भुल्न सकिँदैन ।
अर्जुन पौडेल

कागले कान लग्यो भन्दैमा कागको पछि दौडिने होइन पहिले आफ्नो कान छाम्ने हो । कुरा के हो कहाँ देखि कहा पुगिसक्यो खास कुरा के हो भनेर बुझ्नु छैन कमेन्टमा जे सोच्यो त्यही लेखेको छ । अरूलाई नराम्रो सोच्नु र भन्नु भन्दा पहिले आफूले आफूलाई त्यो ठाउँमा राखेर सोच्ने गर कालो मन भएकोहरु ।
आयुष राई

प्रतिक्रिया