गठबन्धन मन्त्रिपरिषद् अन्तिम बैठक बस्दै ? देउवा एमसीसीबाट ब्याक नभए माओवादी सरकारबाट ब्याक हुने

नेपालखोज २०७८ फागुन ५ गते १३:०९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । यो नियमित बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

हप्तामा दुई दिन बैठक बस्दै आएको छ । मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्छ । आजको बैठक महत्वपूर्ण हुने बताइएको छ । सरकारले एमसीसी अघि बढाउन चाहेको समयमा सत्ता गठबन्धनको दल नै बाधन बनेका छन् । प्रधानमन्त्री शेरबहाुदुर देउवा गठबन्धनका कारण अप्ठ्यारोमा परेका छन् ।

मन्त्रिपरिषद् बैठकले एमसीसीको सम्बन्धमा ठोस निर्णल लिने बताइएको छ । बुधबार मात्र माओवादी केन्द्रले सरकार छाड्ने धम्की दिएको थियो । त्यहीभएर आजको बैठक गठबन्धन क्याबिनेटको लागि अन्तिम हुन सक्ने बताइएको छ । माओवादी केन्द्रका एक मन्त्रीले भने, हामी एमसीसीको अडान देउवाले नछाडे सरकार छाड्न सक्छौं । पार्टीको निर्देशन मान्नुपर्छ । पार्टीले फिर्ता बोलाएपछि हामी फर्किन्छौं । गठबन्धन टुट्छ ।

एमसीसीको अन्तिम लडाई आज हुने बताइएको छ । माओवादीले सरकार छाड्न नछाड्ने आज नै टुंगो लाग्ने छ । बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा जुटे । सहमति हुन सकेन र बैठक पनि सरेको छ । ३ बजेका लागि भनिएको गठबन्धन बैठक ५ बजेका लागि सरेको छ ।

सहमति नभए देउवा पनि रणनीति चाल चाल्ने दाउमा छन् । उनले माओवादीलाई स्पष्ट गरि भनेका छन् एमसीसीबाट ब्याक हुन्न । देउवा एमसीसीबाट ब्याक नभए माओवादीबाट सरकार ब्याक हुनुपर्ने हुनसक्छ । नैतिकताको राजनीति गरे सरकार र सडकमा एकै पार्टी जान मिल्दैन ।

प्रतिक्रिया