कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीको सम्भावित कार्यसूची, टेबल होला त प्रतिनिधिसभामा एमसीसी ?
नेपालखोज
२०७८ फागुन ६ गते ९:०२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।
आज गठबन्धनमा सहमति नभएमा एमसीसी पेस नगर्ने सभामुख अग्निप्रसाद सापकोटाको तयारी छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीको सम्भावित कार्यसूची आए पनि गठबन्धन भित्र सहमति नभएमा सभामुखले एमसीसी टेबल नगर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसै गरी एमालेले समेत संसदको अवरोध जारी राख्ने भएकाले पनि एमसीसी टेबल गर्न त्यो अवरोध खुल्नु पर्ने पनि गठबन्धनका दल माओवादी केन्द्र र एकीकृत समाजवादीको माग छ ।
सम्बन्धित

प्रतिक्रिया