एमसीसीबारे धारणा बनाउँदै नेकपा एस, मन्त्रीहरु भन्छन्- प्रधानमन्त्रीलाई साथ दिन्छाैं

नेपालखोज २०७८ फागुन ११ गते १४:३९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ । एकीकृत समाजवादीका नेताहरु प्रतिनिधिसभा बैठकका लागि रणनीति तय गर्न आज आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन लागेको हो । छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ ।

एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । खनालले कुनै पनि अवस्थामा एमसीसी अनुमोदनको पक्षमा नउभिने स्पष्ट पारिसकेका छन् । यता माधव दोधारमा छन् । उनलाई एसबाट मन्त्री बनेकाले कुनै पनि हालतमा मन्त्रि पद नछाड्ने भन्दै धम्की दिने गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने वचन एसबाट मन्त्री बनेकाले दिएको बताइएको छ । एसले पक्ष वा विपक्षमा मत हाल् भनेर ह्वीप जारी नगर्ने नेकपा एसका एक नेताले बताए । एसबाट मन्त्रि बनेकाले सरकार छाड्नुभन्ना पार्टी नै छाड्न सक्ने डर माधवलाई छ ।

प्रतिक्रिया