शनिबार, वैशाख २२, २०८१

विवश पोखरेलका ५ मुक्तक !

विवश पोखरेल २०७८ फागुन १४ गते ९:०९

बन्धकी
खेत बन्धकी छ कसैको, गोठ बन्धकी छ
खुसी फल्ने जिन्दगीको, बोट बन्धकी छ
हाँस्न पनि गाह्रो छ अहिले, रुन पनि गाह्रो
मुस्कान बोक्ने हरेक, ओठ बन्धकी छ ।

भोगाइ -१
बतास पनि बाटो बिर्सी, झ्यालबाट पस्दोरैछ कहिलेकाहीँ ढुङ्गा पनि, मुटुमाथि बस्दोरैछ
जिन्दगीका घामपानी, सहेपछि थाहा भयो
फूलले पनि काँडा बनी, मालीलाई नै डस्दोरैछ ।

भोगाइ – २
आँखाबाट झर्छन् कोही, मनबाट झर्छन्
थाहै नपाई कोही, आफ्नोपनबाट झर्छन्
झर्नेहरू शीत हुन्, टिप्न कहाँ सकिन्छ ?
विश्वासबाट झर्छन् कोही, जीवनबाट झर्छन् ।

देश अर्थात् आमा
बालुवा निचोरेर खान्छन्, खरानी घोलेर खान्छन्
खानै जन्मिएका हुन्, बाझ्दैजुझ्दै दिल खोलेर खान्छन् आमा,तिमी धूर्त र लुब्धाछोराहरूका सितनभएकी छौ जसलाई,कोही भुटेर खान्छन्, कोही पोलेर खान्छन् ।

विश्वास
आफू रित्तिएर दिंदा पनि, जब माया थोर हुन्छ
त्यति बेला साँच्चै नै, विश्वास पनि कमजोर हुन्छ भ्रमहरू सम्बन्धका काँडा भएर छरिए भने
फूलजस्तो मन पनि, ढुङ्गाभन्दा कठोर हुन्छ !
-विराटनगर

प्रतिक्रिया