वीरेन्द्रनगरमा मंगलबार बेलुकासम्मका लागि कर्फ्यू जारी

नेपालखोज २०७८ फागुन १६ गते २१:५५

वीरेन्द्रनगर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्। उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको रिजालले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन अहिले वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया